झलनाथ खनालले भने-सुखी नेपाली समृद्ध नेपालको सपना समाजवादबाट मात्रै पूरा हुन्छ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

झलनाथ खनालले भने-सुखी नेपाली समृद्ध नेपालको सपना समाजवादबाट मात्रै पूरा हुन्छ


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

आइतबार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको वृहत् होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै सम्मानित नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताएका हुन् ।

उनले देशको विकास गर्न र विकृति, बिसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको बताए । उनले समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रूपमा रूपान्तरण गर्न सकिने बताए । खनालले सुखि नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने बताए ।

खनालले देशका युवाहरू साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिहरूका विरुद्ध एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । उनले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिहरूका विरुद्ध पनि आम जनतालाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए । उनले विद्यार्थीहरूलाई राज्यको उपल्लो निकायसम्म पुग्न शुभकामना दिँदै भ्रष्टाचारी भने कहिल्यै नबन्न अनुरोध गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस