१ करोडमा बनेको नेपालगञ्ज वाटर पार्कमा मोटरबोट सञ्चालन « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

१ करोडमा बनेको नेपालगञ्ज वाटर पार्कमा मोटरबोट सञ्चालन


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्जस्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ ।

१ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परीक्षणकालीन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो वैशाखमा उद्घाटन गर्ने तयारी गरेको सञ्चालक विष्णु ढकालले जानकारी दिएका छन् ।

खासै प्रयोगमा नआएको नेपालगञ्जको वाटर पार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए ।

वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरीङ गरेर प्रयोग गरेको बताएको छ ।

कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरे बापत नेपालगञ्ज महानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए ।

पर्यटकले मोटरबोट चढ्न २ सय ५० रुपैयाँ तिर्नुपर्ने कम्पनीको भनाइ छ । १२ सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्ने भएका छन्

Tags :
प्रतिक्रिया दिनुहोस