एमालेले भन्यो-प्रमाणसहित उजुरी परे गृहमन्त्रीले राजीनामा दिनुपर्छ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेले भन्यो-प्रमाणसहित उजुरी परे गृहमन्त्रीले राजीनामा दिनुपर्छ


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमाणसहित उजुरी दर्ता भए राजीनामा दिनुपर्ने बताएको छ । तर अहिले नेपाली काँग्रेसले राजनीतिक पूर्वाग्रहका साथ राजीनामा मागेको उसले बताएको छ ।

आइतबार बसेको सचिवालय बैठकका निर्णयहरू सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ ।’

तर अहिलेसम्म गृहमन्त्री लामिछानेविरुद्ध त्यो स्तरको उजुरी वा मुद्दा दायर नभएको र कुनै नियामक निकायले उनलाई बयानका लागि नबोलाएको उनले बताए । सहकारीमा जम्मा गरेको रकम ठगी भएर धेरै सर्वसाधारण पीडित भएको भन्दै उपमहासचिव ज्ञवालीले यसको छानबिन हुने बताए ।

भर्खरै भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पीडितहरूसँग सम्झौता पनि गरेको भन्दै उनले भने, ‘मन्त्रालय र सरकारले आफ्नो ढंगले गर्दैछ । यसक्रममा जो कोही दोषी देखियो भने एमालेले ढाकछोप गर्दैन ।’ तर अहिले काँग्रेसले द्वैध भूमिका देखाएको उनको आरोप छ । 

Tags :
प्रतिक्रिया दिनुहोस