इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एक नेताले जानकारी दिए ।

सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको गत भदौमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस