आयरल्यान्डविरुद्ध खेल्ने नेपाल ‘ए’ टिमको घोषणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आयरल्यान्डविरुद्ध खेल्ने नेपाल ‘ए’ टिमको घोषणा


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । आयरल्यान्ड वुल्भ्स ‘ए’विरुद्धको शृंखलाका निम्ति विनोद भण्डारीको कप्तानीमा नेपाल ‘ए’ टिमको घोषणा गरिएको छ । नेपालले घरेलु मैदानमा आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी-२० र तीन खेलको एक दिवसीय शृङ्खला खेल्ने तालिका छ ।

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सले पहिले ट्वान्टी-२० शृङ्खला खेल्नेछ । पाँच ट्वान्टी-२० शृंखलामध्ये सुरुका दुई खेल भने रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली सिनियर टिमले खेल्नेछ । त्यसपछिका तीन र तीन खेलको एक दिवसीय शृङ्खला नेपालले विनोद भण्डारीको कप्तानीमा खेल्नेछ ।

आयरल्यान्ड वुल्भ्ससँग नेपालले चैत १२ गते पहिलो ट्वान्टी-२० खेल खेल्नेछ । चैत १३ गते दोस्रो, १५ गते तेस्रो, १६ गते चौथो र चैत १८ गते पाँचौँ म्याच खेलिनेछ ।

यस्तै, तीन एक दिवसीय खेल चैत २१, २३ र २५ गते खेलिनेछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस