परराष्ट्रमन्त्री श्रेष्ठ आज ९ दिने चीन भ्रमणमा जाँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

परराष्ट्रमन्त्री श्रेष्ठ आज ९ दिने चीन भ्रमणमा जाँदै


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाँदै छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको ९ दिने औपचारिक भ्रमणमा जान लागेका हुन् ।

उनले आजदेखि १९ गतेसम्म चीनको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

साथै भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्कर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस