सुरक्षित आवासका लागि पालिकाको अनुदान « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सुरक्षित आवासका लागि पालिकाको अनुदान


१० चैत्र २०८०, शनिबार


कञ्चनपुर । गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलब्ध गराएको छ ।

 पराल, खर,स्याउला र टायलका छाना भएका घरमा जस्तापाता राख्न सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको हो । कार्यक्रमअन्तर्गत छाना फेर्न निवेदन दिएका दुई सय ५४ परिवारलाई अनुदानको रकम बैंक मार्फत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । 

पहिलो चरणमा प्रथम किस्ताबापत एक सय ११ परिवार,  दोस्रो चरणमा ५५ परिवार र तेस्रो चरणमा ८८ परिवारलाई रु ३० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो ।  छाना फेर्न अधिकतम रु ५० हजार  दुई किस्ताका रूपमा उपलब्ध गराउने प्रावधान अनुसार पहिलो किस्ता बापत सो रकम प्रदान गरिएको हो । 

सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले कार्यक्रमअन्तर्गत छाना फेर्न निवेदन दिएका मध्येबाट पराल, खर, स्याउला, टायलको छानो भएकालाई आगो, पानी तथा हुरीबाट प्रभावित हुनसक्ने भएकाले अनुदानको व्यवस्था गरेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस