होली पर्वमा इच्छाविपरीत रङ नदल्लन अपिल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

होली पर्वमा इच्छाविपरीत रङ नदल्लन अपिल


१० चैत्र २०८०, शनिबार


काठमाडौँ । फागु अर्थात होली पर्व सभ्य रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले अपिल गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरीत रङ दल्ने लोला हान्ने, बाटोमा लुकेर बटुवालाई इच्छाविपरीत रङ नदल्लन आग्रह गरेको हो ।

त्यस्तै बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्नेलगायत उच्छृङ्खलअवाञ्छित कार्यहरू प्रचलित कानूनविपरीत भएकोले नगर्न सूचनामा उल्लेख छ । यस्ता कराय गरेको पाइए कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

होलीलाई सभ्य तरिकाले मनाउन र अप्रिय घटना हुन नदिन सार्वजनिक सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । चैत ११ गते आइतबार पहाडी जिल्लामा र १२ गते तराईका जिल्लामा होली पर्व मनाइँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस