२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुन सचिवमा फणीन्द्र गौतम, सापकोटा मेलमिलाप आयोगमा 

अ+ अ-

काठमाडौँ । सरकारले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा फणीन्द्र गौतमको ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव गौतमलाई कानुनमा सरुवा गर्दै त्यहाँका सचिव उदयराज सापकोटालाई आयोगमा पठाएको हो । 

शुक्रवार अन्तिम समयमा सरुवा पत्र तयार पारिएसँगै कानुन गौतमले पत्रसमेत बुझिसकेका छन् । 

यसअघिकै सरुवामा लीलादेवी गड्तौलालाई कानुन सचिवमा पठाउने भनिए पनि सरकार महिलाप्रति अनुदार हुँदा उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अवकाश हुने भएकी छिन् । ५ महिना अवधि रहेकी गड्तौलालाई कानुन मन्त्रालयको इतिहासमा पहिलो पटक महिला कानुन सचिव बन्ने अवसर थियो भने सरकारलाई महिला कानुन सचिव बनाउने । तर ‘शक्तिकेन्द्र’ नधाएकै कारण मुखैमा आएको अवसरबाट दोस्रो पटकसमेत उनी वञ्चित भएकी छिन् । 

सचिव सरुवामा सरकार भन्दा पनि बाहिरका शक्तिहरूको विशेष हात रहँदै आएको परिप्रेक्ष्यमा प्रणालीगतरुपमा हेर्ने हो भने मुख्यसचिवको भूमिका पनि अहम् रहन्छ । तर पछिल्लो समय तटस्थ विज्ञ परामर्श दिने भन्दा निर्णय प्रमाणीकरणमै सीमित भई दिँदा क्याडर बेसमा खटनपटन तथा सरकारले नै जस लिन सक्ने अवस्थामाबाटसमेत मुख्यसचिव चुक्दै आएका छन् । 

यता प्रशासनतर्फ पनि सचिवको सरुवा हुने भनिए पनि शक्तिकेन्द्र जुधेका कारण सूचीलाई अन्तिम रूप दिन नसकिएको प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोत जनाउँछ । ‘रेस जारी छ, कसको पल्ला कति भारी पुग्छ, सोही अनुसार सोमबार पत्र बन्ला कि !’ सोमबार नै टुङ्गिने पनि एकिन नभएको आशङ्का व्यक्त गर्दै ती स्रोतले भने ।