सर्वोच्चको फैसला कार्यान्वयन नभएको भन्दै भूपू गोर्खा सैनिकले दिए आन्दोलन गर्ने चेतावनी  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्चको फैसला कार्यान्वयन नभएको भन्दै भूपू गोर्खा सैनिकले दिए आन्दोलन गर्ने चेतावनी 


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले ब्रिटिस गोर्खा सैनिकहरुको पक्षमा सर्वोच्च अदालतले गरेको फैसला राज्यले कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बिगेसोले ब्रिटिस गोर्खा सैनिकहरुको पक्षमा मात्रै नभएर देशको राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा सर्वोच्चद्वारा गरेको फैसलालाई एक बर्ष वितिसक्दा पनि कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष पदम सुन्दर लिम्बुले यति ठूलो राष्ट्रियतासँग जोडिएको महत्त्व पूर्ण विषयमा अदालतको आदेश एक वर्षसम्म पनि कार्यान्वयन गर्न नमान्नु निकै नै रहस्यमय भएको बताए ।

उनले फैसला आएको एक वर्षमा कार्यान्वयनका लागि विभिन्न संघर्षका कार्यक्रमदेखि प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिए । लिम्बुले अब पनि सरकारले फैसला कार्यान्वयन नगरे आगामी समयमा पोखरा, बुटवल लगायत देशका मुख्य शहर केन्द्रित आन्दोलन चर्काउने तयारी रहेको बताए ।

पत्रकार सम्मेलनमाबिगेसो सिंगापुर विभागका प्रमुख पल बहादुर घर्तीले ब्रिटिस भर्तिको प्रभावका कारण सिंगापुर गोर्खाहरू अत्याधिक पीडित रहेको बताए । घर्तीले गोर्खाहरूले अरूको तुलनामा जोखिमयुक्त कार्य गर्ने तर समान तलब, सेवा, सुविधा, पेन्सन, नदिने र राज्यले भाडाका सेना बनाउने भएकाले त्यसको खारेजीको लडाइँ जारी रहने उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस