मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते


८ चैत्र २०८०, बिहिबार


मध्यविन्दु (नवलपरासी) । मध्यविन्दु नगरपालिका-११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

मध्यविन्दु-११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका-११ का ३० वर्षीय अनिल विकको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

त्यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते भएका  मध्यविन्दु-११ निवासी २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । मध्यविन्दु नगरपालिका-११ दमारमा नै बुधबार अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस