केयूकेएलले काठमाडौँ र ललितपुरका धारा सर्वेक्षण गर्ने  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केयूकेएलले काठमाडौँ र ललितपुरका धारा सर्वेक्षण गर्ने 


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आफ्ना ग्राहकको धारा सर्वेक्षण गर्ने भएको छ । धारामा पानी आउने, नआउने समस्या, मिटरको समस्याबारे केयूकेएलले सर्वेक्षण गर्ने भएको हो ।

केयूकेएलका अनुसार पहिलो चरणमा काठमाडौँ र ललितपुर महानगरका ५० हजार ग्राहकको घरमा गएर मिटर छ कि छैन, मिटरका लागि चाहिने लालपुर्जा, पानीको बिल र ग्राहक कार्ड हेर्ने गरी सर्वेक्षण हुने भएको हो ।

केयूकेएलले ४० सर्वेक्षक खटाएर प्रत्यक्ष सोधपुछ गर्ने बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस