अहंकार हटाएर विनम्र बन्न कार्यकर्तालाई ओलीको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अहंकार हटाएर विनम्र बन्न कार्यकर्तालाई ओलीको निर्देशन


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई अहंकार हटाएर विनम्र बन्न निर्देशन दिएका छन् । 

बुधबार एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् । ओलीले नेता कार्यकर्तामा अहंकार बढेको आभास पाएको भन्दै अहंकार हटाएर विनम्रता हासिल गर्न निर्देशन दिएका हुन् । 

‘अहङ्कार हटाउनुस् । विनम्रता हासिल गर्नुस्’, अध्यक्ष ओलीले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘हरेक दिनको तपाईँसँग नोट हुनुपर्छ कि आज मैले के गरेँ रु, हरेक दिन के गर्दै हुनुहुन्छ योजना हुनुपर्छ । यति समयभित्र यी सदस्य र कमिटी बनाउँछु । योजनाबद्ध काम गर्नुभएन भने केही हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस