राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न सुझाव माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न सुझाव माग


७ चैत्र २०८०, बुधबार


Nirbachan_nirwachan_election

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गर्न सुझाव मागेको छ । आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले बुधबार विज्ञप्ति जारी गर्दै सुझाव दिन आग्रह गरेका हुन् । 

मौजुदा कानुनमा संशोधन गर्नुपर्ने विषयहरूमा आयोगमा दर्ता कायम रहेका राजनीतिक दल, नागरिक समाज, आमसञ्चार जगत, सम्बद्ध निकाय तथा सरोकारवालाहरूलाई सुझाव दिन आग्रह गरिएको छ ।

उनले दलहरूको दर्ता व्यवस्थापन प्रभावकारी बनाउनका लागि आयोगले ऐन मस्यौदा समिति गठन गरेको पनि जानकारी गराएका छन् । 

“संविधान र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा समयानुकूल संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै दलहरूको दर्ता व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउन हालको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न आयोगले सम्बन्धित निर्वाचन आयुक्तको संयोजकत्वमा ऐन संशोधन निर्देशन समिति र आयोगका सचिवको संयोजकत्वमा ऐन संशोधन मस्यौदा समिति गठन गरी आवश्यक कार्य प्रारम्भ गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस