ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सैं घण्टा खुलाउने तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सैं घण्टा खुलाउने तयारी


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । काठमाडौँको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सैं घण्टा खुलाउने तयारी भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सैं घण्टा खुलाउने तयारी भएको हो ।

सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने छ । सोही अनुसार जिल्ला सुरक्षा समितिले योजना बनाउने बताइएको छ । ‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ,’ काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौँ ।’ 

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सैं घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ । पर्यटक लक्षित गरि हटलाइन सञ्चालनकाे तयारी पनि भइरहेकाे छ।

Tags :
प्रतिक्रिया दिनुहोस