सुराकीको नाममा मन्त्री र सचिवलाई दिँदै आएको खर्च कटौती « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुराकीको नाममा मन्त्री र सचिवलाई दिँदै आएको खर्च कटौती


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सुराकीको नाममा मन्त्री र सचिवलाई दिँदै आएको खर्च कटौतीको निर्णय गरेको छ ।

मंगलबार गृह, सञ्चार तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले खर्च कटौतीको निर्णय गरेका हुन् । सोमबार भौतिक पूर्वाधारमन्त्रीको शपथ लिएका उनले मंगलबार गृह मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पनि पाएका थिए ।

मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले पहिलो निर्णय नै सुराकी खर्च कटौतीको गरेका हुन् ।

मधेश सरकार स्थापना कालदेखि पहिलेको आन्तरिक मामिला र वर्तमानको गृह सञ्चार तथा कानुन मन्त्रालयका मन्त्री, राज्यमन्त्री र सचिवहरूले सुराकीको नाममा मनोमानी ढंगले रकम लिँदै आएका छन् । उनीहरूले अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ सुराकी बापतको खर्च बुझेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस