९० वर्षीया वृद्धालाई घरमै पुगेर नागरिकता  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

९० वर्षीया वृद्धालाई घरमै पुगेर नागरिकता 


७ चैत्र २०८०, बुधबार


डोटी । जिल्ला प्रशासन कार्यालयले एक वृद्धालाई यहाँ घरमै नागरिकता उपलब्ध गराएको छ । सायल गाउँपालिका-२ सिर्माकी ९० वर्षीया कलसी थापा ओलीलाई घरमै नागरिकता उपलब्ध गराइएको हो । 

कार्यालयका कर्मचारी लालबहादुर बोगटीलाई वृद्धाको घरमा पठाएर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए । ओली जिल्ला प्रशासन कार्यालयमा आएर नागरिकता लिन नसक्ने अवस्थालाई हेरी विशेष सुविधाअन्तर्गत जनप्रतिनिधि र स्थानीयको समन्वयमा नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । 

जिल्ला प्रशासन कार्यालयका कर्मचारी बोगटीले आज गाउँपालिकाका उपाध्यक्ष निर्मला ओली, वडाध्यक्ष मानबहादुर सिंह लगायतको उपस्थितिमा वृद्धा ओलीलाई नागरिकता प्रमाणपत्र दिए । 

जिल्ला प्रशासन कार्यालयले घरमै नागरिकता दिएपछि वृद्धाका नाति रामबहादुर ओलीले डोटी प्रशासन, जनप्रतिनिधि तथा अभियानकर्मी लगायतका सहयोगी सबैलाई धन्यवाद दिए । 

स्थानीय दलबहादुर ओली र आफ्नो करिब दुई वर्ष लामो निरन्तरको प्रयासपछि ओलीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन सफल भएको सामाजिक अभियानकर्मी तेज डुम्रेलले बताए । उनको नागरिकताका लागि जनप्रविधिसँग आवश्यक समन्वय गरेपछि वडाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले नागरिकता दिएको डुम्रेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस