जसपा प्रवेश गरे आजपा केन्द्रीय सदस्य निवेश यादव  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जसपा प्रवेश गरे आजपा केन्द्रीय सदस्य निवेश यादव 


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । आम जनता पार्टीका केन्द्रीय सदस्य निवेश यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार जसपा केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले यादवसहितका आजपा नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् ।

आजपा केन्द्रीय सदस्य निवेश यादव पार्टीको केन्द्रीय प्रचारप्रसार विभाग उपप्रमुख तथा आजपा निकट युवा संगठन आईटी आर्मीका दोस्रो वरियताको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । आजपा अध्यक्ष प्रभु शाह शहरी विकासमन्त्री रहँदा उनका प्रेस सल्लाहकार समेत भएका यादव उनको सचिवालय सदस्य समेत हुन् ।

जसपा प्रवेशपछि छोटो प्रतिक्रिया दिँदै यादवले प्रभु शाहको पार्टीको कुनै स्पष्ट विचार, नीति तथा गन्तव्य नरहेकोले आफूले जसपा रोजेको बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस