ई-लर्निङ विद्युत् विधेयक पारित गर्ने सरकारको घोषणा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ई-लर्निङ विद्युत् विधेयक पारित गर्ने सरकारको घोषणा


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सरकारले डाटा सर्भरमा आत्मनिर्भरता, ई-लर्निङमार्फत शिक्षालाई आधुनिकीकरण गर्नेदेखि विद्युत् विधेयकलाई पारित गर्ने घोषणा गरेको छ ।

सत्तारुढ पाँच दलको न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै कार्यदलका संयोजक विष्णु पौडेलले नेपाललाई डाटा सर्भरमा आत्मनिर्भरता कायम, डिजिटल माध्यम (ई-लर्निङ)मार्फत शिक्षालाई आधुनिकीकरणदेखि विद्युत् विधेयक २०८० पारित गर्नेसम्मका घोषणा गरेका हुन् ।

सरकारले डिजिटल माध्यम (ई-लर्निङ)को प्रयोग गरी शिक्षालाई आधुनिकीकरण गर्ने र यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गरिने संयोजक पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस