पोखरा विमानस्थललाई ‘ऋणको पासो’ भनेकामा चीनले जनायो असन्तुष्टि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पोखरा विमानस्थललाई ‘ऋणको पासो’ भनेकामा चीनले जनायो असन्तुष्टि


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँस्थित चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘ऋणको पासो’ भन्नुलाई नेपाल र चीनबीचको सहकार्यमा दरार ल्याउने प्रयास भएको बताएका छ ।

चिनियाँ दूतावासका प्रवक्ता यू पेङ्चेनले नेपालमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्वागत गरिएको र पोखराबासीको आधा शताब्दीदेखिको सपना साकार पार्न मद्दत गर्ने महत्त्वपूर्ण परियोजनालाई ऋणको पासो भनेर दुष्प्रचार भएको भन्दै असन्तुष्टि जनाएको हो ।

प्रवक्ता यूले प्रतिक्रिया सार्वजनिक गर्दै भनेका छन्, ‘‘यो अरू केही नभएर विकासोन्मुख देश र चीनबीचको सहकार्यमा दरार ल्याउने केही शक्तिको प्रयास मात्रै हो ।’

चिनियाँ बैंकको ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी, २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । तर उक्त विमानस्थलमा केही चिनियाँ विमानले चार्टर्ड उडान गरे पनि नियमित अन्तर्राष्ट्रिय उडान भएको छैन ।

दूतावासका प्रवक्ता यूले पोखरा विमानस्थललाई ऋणको पासो भन्नु अर्थशास्त्रको सामान्य बुझाइ विपरीत रहेको पनि बताए ।

नेपालको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक प्रस्तुत गर्दै चीनले सन् २०२३ को जुलाइसम्म नेपालको अधिकांश वैदेशिक ऋण बहुपक्षीय प्रकृतिको रहेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस