शालीन मृत्यु प्रकरणमा पक्राउ परेका शिक्षकको थुनछेक बहस जारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शालीन मृत्यु प्रकरणमा पक्राउ परेका शिक्षकको थुनछेक बहस जारी


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ। रत्ननगरको एकता शिशु निकेतनमा मृत भेटिएकी छात्रा शालीन पोखरेलको घटनामा पक्राउ परेका तीन शिक्षकको थुनछेक बहस सुरु भएको छ । हिजोदेखि सुरु भएको बहस निरन्तर सुनुवाइअन्तर्गत जिल्ला अदालत चितवनमा आज पनि चलिरहेको छ ।

हिजो (सोमबार) पक्राउ परेका तीनजना शिक्षकको बयानपछि ढिला गरी जिल्ला न्यायाधिवक्ता शान्तीप्रसाद लुइँटेलले बहस सुरु गरेका थिए । उनको बहस जारी रहँदा अदालतको समय सकिएपछि आज निरन्तर सुनुवाइ गरिएको हो ।

सरकारी वकिल कार्यालयले हत्या अभियोगमा जाहेरी दर्ता गरेपनि प्रहरी अनुसन्धानको आधारमा तीन शिक्षकविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको थियो ।

आज जिल्ला अदालत चितवनमा पत्रकार, सर्वसाधारणसमेतलाई प्रवेशमा रोक लगाइ कडा सुरक्षाको बीच थुनछेक बहस गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस