अध्यागमन विभाग: तत्काल प्रमुख पठाऊ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अध्यागमन विभाग: तत्काल प्रमुख पठाऊ


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । करिब एक महिनादेखि अध्यागमन विभाग प्रमुखविहीन छ । फागुन ६ गते तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध अक्तियारले मुद्धा दायर गरेसँगै रिक्त रहँदै आएको विभागमा महानिर्देशक पठाइएको छैन ।

२०४६ सालदेखि गृह मन्त्रालय अन्तरगत स्थापना भई अध्यागमन ऐन २०४९ र अध्यागमन नियमावली २०५१ बमोजिम सञ्चालित अध्यागमन प्रशासनले नेपाल राज्य भित्र विदेशीहरूको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित गर्न तथा नेपाली नागरिकहरूको आगमन र प्रस्थानलाई व्यवस्थित गर्दै आएको छ । 

जुन कुनै बेला पनि समस्या आउन सक्ने र तत्काल समाधान गर्नुपर्ने निकाय भएकोले पनि अध्यागमन विभाग खाली राख्न मिल्दैन । नियमित रूपमा भई रहने विदेशी नागरिकहरूको आवतजावत, चलिरहने मुद्धामामिला, विमानस्थलबाटै नियन्त्रण गर्नुपर्ने अवस्था तथा गम्भीर प्रकारका सूचनालगायत अवस्थामा विभागीय प्रमुखले तत्काल निर्णय दिनुपर्ने भएकोले पनि सो पद रिक्त राख्न नहुने हो । 

कतिपय अवस्थामा विमानस्थलबाटै फिर्ता पठाउनुपर्नेदेखि तत्काल जरिवाना निर्धारण गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउनुपर्ने भएकोले विभागीय प्रमुखको रिक्ततामा ढिलासुस्ती हुन गई गम्भीर समस्या सिर्जना हुन पुग्दछ । २४ सै घण्टा अलर्ट रहनु पर्ने विभागीय प्रमुख पद अन्य निकायको जस्तो १०-५ को जागिरेका हिसाबमा मात्रै हेर्दा राष्ट्रिय मात्रै होइन, अन्तराष्ट्रियस्तरसम्म पर्न जाने असरप्रति गृह नेतृत्व सजग रहन जरुरी छ ।

यसर्थ अब विलम्ब नगरी विभागीय प्रमुख तत्काल पठाएर विभागलाई गति दिन ढिलाइ नगर ।  

Tags :
प्रतिक्रिया दिनुहोस