सानिमा र कुमारी बैंकका संस्थापक सेयर बिक्रीमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सानिमा र कुमारी बैंकका संस्थापक सेयर बिक्रीमा


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । सानिमा बैंकको ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । विद्यमान संस्थापक सेयरधनीका लागि सो सेयर लिलामी बिक्रीमा आएको हो । न्यूनतम १४५ रुपैयाँ कायम हुनेगरी इच्छुक संस्थापकहरूले निवेदन दिन सक्नेछन् ।

बैंकका संस्थापक सेयरधनी टेकराज निरौलाले सो सेयर बिक्री गर्न लागेका हुन् । सो सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

‘तोकिएको म्यादभित्र विद्यमान संस्थापकहरूले निवेदन नदिएमा संस्थापकबाहिरका व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइनेछ’ बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै कुमारी बैंकको ३ हजार ५८७ कित्ता संस्थापक सेयर खरिद गर्न इच्छुक सर्वसाधारणलाई आवेदन खुलेको छ । बैंक सेयरधनी रत्ना कुमारी आले मगरले सो सेयर बिक्रीका लागि प्रस्ताव गरेको बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस