दुर्गा प्रसाईँको सुरक्षा गार्ड बताउने हतियारसहित पक्राउ परेका दुई जनामाथि अनुसन्धान गर्दै प्रहरी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दुर्गा प्रसाईँको सुरक्षा गार्ड बताउने हतियारसहित पक्राउ परेका दुई जनामाथि अनुसन्धान गर्दै प्रहरी


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बुद्ध शान्ति गाउँपालिका–३ का दीपक खड्का र ठेगाना नखुलेका राजकुमार धिताल रहेका छन् । अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा सुरक्षार्थ खटिएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए ।

उनीहरूको साथबाट कागजात पनि बरामद भएको र अहिले अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूले आफूहरू दुर्गा प्रसाईँको निजी सुरक्षा गार्ड भएको बताएका छन् ।

स्रोतका अनुसार उनीहरू बिहान पौने ११ बजे दुर्गा प्रसाईँको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा चेक गर्ने क्रममा हतियार बरामद भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस