हतियारसहित सर्वोच्च अदालत परिसरबाट एक जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हतियारसहित सर्वोच्च अदालत परिसरबाट एक जना पक्राउ


५ चैत्र २०८०, सोमबार


पक्राउ

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

आज (सोमबार) दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम प्रसाद ढकालले जानकारी दिए ।

प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रवक्ता ढकालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस