Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

क्यानले नेपाल ‘ए’ क्रिकेट टोलीको प्रशिक्षणमा बोलायो ४० खेलाडी, कमल ऐरीको पुनरागमन


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ को प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ । अर्को सातादेखि घरेलु मैदानमा हुने आयरल्यान्ड ‘ए’ टोलीसँग खेल्ने तीन टी-२० र तीन एक दिवसीय सिरिजका लागि क्यानले नेपालको ‘ए’ टोलीलाई प्रशिक्षणमा बोलाएको हो ।

‘ए’ टोलीको प्रशिक्षणमा आरिफ शेख, भीम सार्की, प्रतिश जि.सी, विनोद भण्डारी, देव खनाल, सन्दीप जोरा र कमलसिंह ऐरी लगायतका खेलाडी परेका छन् ।

कमल २०२२ मार्चमा टीयुमा मलेसियाविरुद्ध घाइते भएपछि टोलीमा थिएनन् । उनी ब्याक पेन र चोटका कारण टोली बाहिर हुँदै आएका थिए । पछिल्लो समय भारतमा उपचारपछि कमल पुनः फर्किएका हुन् । कमलले नेपालबाट ३ ओडीआई र १० टी-२० आई खेल खेलेका छन् ।

नेपालको सिनियर टोलीले आयरल्यान्ड ‘ए’सँग दुई टी-२० खेल खेल्नेछ । सिनियर टोलीले मार्च २५ र २६ मा खेल्नेछ । त्यसपछि बरोडा र गुजरातसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्न जानेछ । नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग २८, २९ र ३१ मार्चमा टी-२० खेल खेल्नेछ । अप्रिल ३, ५ र ७ मा एक दिवसीय अभ्यास खेल खेल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस