मनकामना केबलकार एक दिनका लागि बन्द हुने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मनकामना केबलकार एक दिनका लागि बन्द हुने


५ चैत्र २०८०, सोमबार


मुग्लिन (चितवन) । यहाँस्थित मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । 

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । 

गोरखाको सहिद लखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटारबाट १० मिनेटमा पुग्ने गरी विसं २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो । मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

Tags :
प्रतिक्रिया दिनुहोस