कोशी र लुम्बिनी प्रदेशको नाम परिवर्तनको पहल गर्ने जनमतको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशी र लुम्बिनी प्रदेशको नाम परिवर्तनको पहल गर्ने जनमतको निर्णय


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । जनमत पार्टीले कोशी र लुम्बिनी प्रदेशको नाम तथा सीमा परिवर्तनको लागि पहल गर्ने भएको छ । ३-४ चैतमा पर्सामा बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय पारित गरेको हो ।

त्यस्तै प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐन कानुनहरू चाँडै निर्माण गराउन पहल गर्ने निर्णयसमेत बैठकले पारित गरेको छ ।

जनमतले केन्द्रीय सदस्य तथा पर्यवेक्षकहरूलाई तोकिएको कार्य पूरा गरे/नगरेको मूल्यांकन गर्ने र मूल्यांकनको आधारमा आगामी दिनमा केन्द्रीय सदस्यमा जारी राख्ने/नराख्ने निर्णयसमेत गरेको छ ।

पार्टीले आर्थिक मन्दीका कारण थला परेका उद्योग, व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने, संगठन विस्तारलाई तीव्रता दिने र सशक्त आन्दोलनका लागि युवादस्ता गठन गर्ने निर्णय पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस