रास्वपाको मिसन भ्रष्टाचार अन्त्य : श्रममन्त्री अर्याल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रास्वपाको मिसन भ्रष्टाचार अन्त्य : श्रममन्त्री अर्याल


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको मिसन भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन् ।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले रास्वपाको मिसन बेथितिविरुद्धमा काम गर्ने रहेको बताए । उनले रास्वपाको मिसन सुशासन कायम गर्नु पनि रहेको बताए । भ्रष्टाचार अन्त्य, बेथितिविरुद्धको काम र सुशासन कायम भएसँगै देश समृद्ध बन्ने उनको भनाइ छ।

‘रास्वपाको मिसन बेथितिविरुद्धमा काम गर्ने । साथै भ्रष्टाचार कसरी अन्त्य गर्न सकिन्छ भन्ने नै हो । त्यसकारण सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । हाम्रो योभन्दा बढी मिसन खासै छैन । त्यति गर्ने बित्तिकै यो देश समृद्ध हुन्छ । समुन्नत हुन्छ, जनताले राहत पाउँछन्, जनताले राज्य र सरकार भएको महसुस गर्दछन्,’ उनले भने । उनले जनताले राज्य र सरकार भएको महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस