नर्सिङ लाइसेन्स परीक्षामा ७० प्रतिशत परीक्षार्थी उत्तीर्ण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नर्सिङ लाइसेन्स परीक्षामा ७० प्रतिशत परीक्षार्थी उत्तीर्ण


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले शनिबार सञ्चालन गरेको पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका छन् ।

परिषद्का अनुसार पीसीएल तर्फ परीक्षामा सहभागी भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन् ।

यस्तै बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना (६०.२२ प्रतिशत) उत्तीर्ण भएका छन् । दुवै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०.२९ रहेको छ ।

परिषद्ले लिएको यो पीसीएल तर्फको ३५ औँ नाम दर्ता परीक्षा हो भने बीएस्सी तर्फ पाँचौँ नाम दर्ता प्रमाणपत्र परीक्षा हो ।

Tags :
प्रतिक्रिया दिनुहोस