इलाम-२ को उम्मेदवार सार्वजनिक गर्दै रास्वपा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इलाम-२ को उम्मेदवार सार्वजनिक गर्दै रास्वपा


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा हुने निर्वाचनका लागि १७ चैतमा उम्मेदवार छनोट गर्ने भएको छ । निर्वाचन आयोगले १५ वैशाखमा इलाम-२ मा उपनिर्वाचन गर्ने जनाएको छ । ‘१७ गते उम्मेदवार फाइनल गर्ने कुरा भएको छ ।

१६ गते पार्टीले निर्णय लिन्छ, अर्को दिन नाम सार्वजनिक गरिन्छ,’ रास्वपाका शीर्ष तहका एक नेताले जानकारी दिए । रास्वपाबाट उम्मेदवार बन्न आकाङ्क्षीको संख्या ७ जनाको छ ।

रास्पवाले उम्मेदवार छनोट गर्दा प्राइमरी इलेक्सनको विधि नगर्ने भएको छ । कुल मतदाताको एक प्रतिशत पार्टी सदस्य नभएकाले प्राइमरी इलेक्सन हुन नसकेको रास्वपाले जनाएको छ । इलाम-२ मा एक लाख १८ हजार मतदाता छन् । प्राइमरी इलेक्सन गर्नका लागि एक हजार १८० पार्टी सदस्य हुनुपर्दछ ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्राइमरी इलेक्सन गर्नका लागि एक प्रतिशत पार्टी सदस्य नभएकाले केन्द्रबाट नै उम्मेदवार तोक्न लागिएको हो । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन तयारीका लागि रास्वपाले इलाम(२ मा खटाएको छ । रास्वपाका ६ सांसद निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग छलफल गरेर फर्केका छन् ।

इलाम २ मा इलाम नगरपालिकाको वडा नम्बर १० बाहेकका सबै वडा, देउमाई नगरपालिका, माई नगरपालिकाको वडा नम्बर ६, ७ र ८, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका पर्दछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस