२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तलब नपाएपछि फतुवा विजयपुरमा वार्षिक परीक्षा नै स्थगित

अ+ अ-

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका विद्यालयको परीक्षा स्थगित भएको छ । चालु आर्थिक वर्ष सुरु भएदेखि नै तलब नपाएपछि विरोधमा रहेका नगरपालिकाका शिक्षक-कर्मचारीले आइतबारको वार्षिक परीक्षा स्थगित गरेका हुन् ।

पालिकामा कक्षा एकदेखि कक्षा नौसम्मको वार्षिक परीक्षा बिहीबारदेखि सुरु भएको थियो । बिहीबार र शुक्रवारको परीक्षा केही विद्यालयले लिएका छन् भने केही विद्यालयले लिएका छैनन् । आठ महिनादेखि तलब नपाएका शिक्षक/कर्मचारीहरूको आन्दोलनका कारण परीक्षा प्रभावित भएको हो ।

पालिकामै धर्ना दिएका शिक्षक/कर्मचारीसँग शुक्रवार भएको छलफलमा परीक्षा सञ्चालन गर्ने र तलब खुवाउने सहमति भएको थियो । तर, त्यो कार्यान्वयन भएको छैन । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले छिट्टै तलब भुक्तान हुने बताइन् । तर, प्रमुख प्रशासकीय अधिकृतलाई भने अझै यसको अख्तियारी दिइएको छैन । जसका कारण तलब कहिले खुवाउने भन्ने टुंगो छैन ।

जनप्रतिनिधिबीचको आन्तरिक द्वन्द्वका कारण हालसम्म नगर सभा हुन सकेको छैन । नगर सभा नहुँदा आठ महिनादेखि तलब रोकिएको हो । लामो समयदेखि तलब नपाएका कारण परीक्षा नै बहिष्कार गर्न बाध्य भएको शिक्षक/कर्मचारी बताउँछन् ।
पालिकामा आधारभूत र माध्यमिक गरी ३२ वटा सामुदायिक विद्यालय छन् । जसमा करिब छ हजार बालबालिका अध्ययनरत छन् । शिक्षक/कर्मचारीको आन्दोलनका कारण बिहीबारदेखि सुरु भएको परीक्षा नौवटा विद्यालयमा सञ्चालन भएको छैन । ती विद्यालयमा परीक्षा सञ्चालनका लागि पुनः प्रश्नपत्र छपाई गर्नु भर्ने भएको छ । परीक्षा रोकिएका विद्यालयमा पुनः प्रश्नपत्र छापेर परीक्षा सञ्चालन गरिने शिक्षा शाखा प्रमुख तेजनारायण यादवले जानकारी दिए ।

नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुख, उपप्रमुख, सात जना वडाध्यक्ष र आठ जना, मनोनीत गरी १७ जना छन् भने अन्य दलका चार जना वडाध्यक्ष छन् । नगर प्रमुख गोपालराय यादव निलम्बित भएसँगै कार्यवाहक प्रमुख खातुन र अन्य जनप्रतिनिधिबीच विवाद उत्पन्न भएपछि नगर सभा हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस