चितवनमा सवारी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु, ४ जना घाइते « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चितवनमा सवारी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु, ४ जना घाइते


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । चितवनमा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । नारायणगढ-मुग्लिन सडकको जलबिरेमा गएराति पौने तीन बजे तिर बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रौतहटबाट गौर जाँदै गरेका भारतको मोतिहारीका ३५ वर्षीय गौरी दासको मृत्यु भएको हो । उनी ग १ ख ८५२४ नम्बरको बसमा सवारी थिए । 

सो बसले इच्छाकामना गाउँपालिका-६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकि राखेको ना ६ ख ३५८० नम्बरको ट्रकmसँग जुधेको थियो । 

दुर्घटनापछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा दासको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस