परिवर्तन अनुभूति हुने काम गर्ने पर्यटनमन्त्री तामाङको प्रतिबद्धता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

परिवर्तन अनुभूति हुने काम गर्ने पर्यटनमन्त्री तामाङको प्रतिबद्धता


३ चैत्र २०८०, शनिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफ्नो कार्यकालमा राष्ट्रकै निमित्त नयाँ र परिवर्तन अनुभूति हुने काम गर्ने योजना रहेको बताएका छन् । 

नेकपा (माओवादी केन्द्र) पञ्चकन्या गाउँपालिकाले शनिबार घलेभन्ज्याङमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री तामाङले आफू कुनै गाउँ, निर्वाचन क्षेत्र वा जिल्लाको मात्रै मन्त्री नभएकोले सिंगो देशका निम्ति नयाँ काम गर्ने केन्द्रित रहेको बताए ।

‘संयोग र अवसरको बीचबाट विकासका कार्यहरू हुने गर्छ । म विभागीय मन्त्री भएको छु । मैले यो गाउँमात्रै होइन । निर्वाचन क्षेत्र, जिल्ला र सिंगो देशलाई पनि हेर्नुपर्छ, ‘मन्त्री तामाङले भने, ‘मेरो कार्यकालमा समग्र राष्ट्रकै निमित्त संस्कृति, पर्यटन र नागरिक उड्डयनको क्षेत्रबाट सबैले नयाँ र परिवर्तनको अनुभूति हुने खालको काम गर्न सक्छु कि सक्दिनँ । मेरो चिन्ता त्यहाँनिर छ ।’

मन्त्री तामाङले मन्त्रालयमा बुझ्दा चालु आर्थिक वर्षका योजना, परियोजना पूरा गर्न बजेट अपुग रहेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष कुरा राखिसकेको सुनाए । मन्त्रालयबाट गरिने कामका लागि बजेट नपुग्ने विषय राखेकोमा प्रधानमन्त्री दाहालले पुनर्विचार गर्ने वचन दिएकोसमेत उनले जानकारी गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस