सरकारको न्यूनतम साझा कार्यक्रम सोमवार सार्वजनिक गरिने  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारको न्यूनतम साझा कार्यक्रम सोमवार सार्वजनिक गरिने 


३ चैत्र २०८०, शनिबार


काठमाडौँ । सत्ता गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सोमवार सार्वजनिक गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं कार्यदलका सदस्य डा. मुकुल ढकालले उक्त जानकारी दिएका हुन्।

कार्यदलले प्रधानमन्त्रीसहित सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूलाई पनि मस्यौदा बुझाएको छ। उनले साझा न्यूनतम कार्यक्रममा देशको अहिलेको अवस्थालाई उकास्ने विषय, युवाशक्ति विदेश पलायन हुन रोक्ने उपाय र उत्पादन बढाउने विषय समेटिएको बताए।

पाँच राजनीतिक दलका तर्फबाट साझा न्यूनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस