आगलागीबाट ३० लाखको क्षति  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आगलागीबाट ३० लाखको क्षति 


३ चैत्र २०८०, शनिबार


राजविराज । सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति  भएको छ  । 

आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चार वटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका  कपडासहित रु ३० लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले जानकारी दिए । आगलागीको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन । 

स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । 

Tags :
प्रतिक्रिया दिनुहोस