काठमाडौँ । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले कारबाही सिफारिस गरेपछि तीन प्रहरी अधिकारीहरूलाई प्रहरी हेडक्वाटर तानिएको छ ।
नुवाकोटका एसपी सञ्जय सिंह थापा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का दुई डिएसपीहरूलाई हेडक्वाटर तानिएको हो ।
आयोगले कारबाही गर्न सिफारिस गरेको डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई प्रहरी प्रधान कार्यालय तानिएको हो ।
आयोगको प्रतिवेदनले उनीहरूलाई कारबाही गर्न सिफारिस गरेपछि हेडक्वाटर तानिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।