वामदेव गौतमले भने-मुलुकको शासन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्छ  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वामदेव गौतमले भने-मुलुकको शासन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्छ 


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकको शासन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।  

राजतन्त्रलाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएपनि शासन प्रणाली, उत्पादन प्रणाली र निर्वाचन प्रणाली त्यही भएकाले यसमा आमूल परिवर्तन आवश्यक रहेको सांसद गौतमको भनाई थियो । 

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले ३ वटा क्षेत्रमा आमूल परिवर्तन नभएसम्म मुलुक अगाडि बढ्नै नसक्ने जिकिर समेत गरेका छन् । 

सांसद गौतमले सरकारले एक वर्षमा पूरा हुनेगरी आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता नराखेको भन्दै असन्तुष्टि व्यक्त समेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस