२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरले थाल्यो प्राचीन नाम पुनरुत्थान कार्य

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ।

धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम खोजेर संस्कृतिविद्, पुरातत्त्वविद्, भाषाविद् तथा इतिहासविद्सँग नाम पुष्टि गर्ने काम सुरु भइसकेको कामपाले जनाएको छ।

उक्त कार्यको सुरुआत पाँचवटा वडाबाट भएको कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले बताए।

उनका अनुसार वडा नं ५ हाँडीगाउँ (प्राचीन नाम नरः), वडा नं. ६ बौद्ध (प्राचीन नाम खस्योरःरखास्ती), वडा नं ७ चाबहिल (प्राचीन नाम चावहीः), वडा नं १८ नरदेवी (प्राचीन नाम ङेतः) र वडा नं २४ मखन (प्राचीन नाम मखं) को नाम खोजी भइसकेको छ।

संयोजक सङ्गतले भने, “सांस्कृतिक शहरको नाम मेटिने गरी ठाउँको नयाँ नामकरण भएपछि नामबाट झल्किने शहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक पहिचान मेटिँदै गयो। काठमाडौँको पहिचान जोगाउन यो कार्यक्रम अगाडि बढाइएको हो।”

विभागले एकीकृत शहरी विकास केन्द्र (सिआइयुडी) सँगको सहकार्यमा विभिन्न स्थानको प्राचीन नाम अध्ययन गरेको हो। अध्ययनका क्रममा सङ्कलन भएको प्रारम्भिक सूचनालाई लिखित अभिलेख, शिलालेख, सरकारी कागजात (जग्गा नामसारी वा पास गर्दा वा चार किल्ला प्रमाणित गर्दाको नाम), संस्कृतिविद्, इतिहासविद्, पुरातत्वविद्, स्थानीय, जनप्रतिनिधिसँग समेत सोधिएको सङ्गतले बताए।

विभिन्न कारणले अर्कै स्वरूपमा पुगेका नामलाई पुनरुत्थान गर्दा रञ्जना लिपि, देवनागरी लिपि र अङ्ग्रेजी भाषामा नामपाटी राखिनेछ। अनुसन्धानकर्ता आर्किटेक्ट अस्मिता श्रेष्ठले भनिन्, “नेवार समुदायका महिलाले प्रयोग गर्ने परम्परागत पोसाक हाकुपटासीमा भएको रातो र कालो रङ्गको पृष्ठभूमिमा ‘नामपाटी’ (नेमप्लेट) राखिनेछन्। ढुङ्गेधारा, सत्तलका नाम यही रङ्ग सङ्केतलाई फरक देखिने बनाउने प्रस्ताव गरिएको छ।”

बोर्डमा ‘क्यूआरकोड’ राखिने श्रेष्ठको भनाइ छ। उक्त कोड स्क्यान गरेपछि मूलवासीले प्रयोग गरेको नाम, नाम रहन गएको धार्मिक, सांस्कृतिक, भाषिक तथा ऐतिहासिक कारण, नामको अर्थ, मौलिक नाम, नामसँग सम्बन्धित ऐतिहासिक कालखण्डबारे जानकारी प्राप्त हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस