डा. बाबुराम भट्टराईले बोलाएको बैठकप्रति महिन्द्ररायको आपत्ति, आधिकारिक नभएको दाबी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डा. बाबुराम भट्टराईले बोलाएको बैठकप्रति महिन्द्ररायको आपत्ति, आधिकारिक नभएको दाबी


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको बैठकप्रति अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षधरले आपत्ति जनाएको छ ।

उनी निकट महासचिव रमेशप्रसाद यादवले वक्तव्य जारी गरेर डा. भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको बताएका छन् ।

‘अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक महिन्द्रराय यादवको सहमति बिनै एक पक्षीय रुपमा अध्यक्ष डा. बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकाले ४ र ५ गते बोलाइएको उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँछु’, महासचिव यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष भट्टराईले ४ चैतमा केन्द्रीय कार्यकारिणी समिति र ५ चैतमा केन्द्रीय समितिको बैठक बोलाएका थिए । भट्टराईले केन्द्रीय कार्यालयको नामबाट बैठक बोलाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस