२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक ओरालो लाग्यो 

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले ओरालो लागेर दुई हजार ८० दशमलव ८७ मा सीमित भएको छ ।

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ८१ मा सीमित भएको छ । आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

कूल एक करोड १४ लाख ८३ हजार छ सय १७ कित्ता शेयर रु तीन अर्ब ९४ करोड ३५ लाख ९२ तीन सय दुई मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा माथिल्लो तामाकोकी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ५० करोड ८९ लाख आठ हजार ९९ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु २४ करोड चार लाख ५० हजार पाँच सय २९, सोनापुर सिमेन्ट रु १६ करोड २४ लाख ३४ हजार आठ सय ५०, गुर्खाज फाइनान्स रु १२ करोड ७६ लाख ६५ हजार छ सय ८९ र हिमालयन रिइन्स्योरेन्स रु नौ करोड ८४ लाख १२ हजार सात सय १८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, वीन नेपाल लघुवित्त र मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त नौ दशमलव ९२, गुर्खाज फाइनान्स आठ दशमलव शून्य आठ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सात दशमलव ७१ प्रतिशतले कमाएका छन् ।

यस्तै स्वाभिमान लघुवित्त ६ दशमलव शून्य दुई, जाल्पा सामुदायिक लघुवित्त पाँच दशमलव ६६, देउराली लघुवित्त पाँच दशमलव ३१, लाइफ इन्स्योरेन्स कर्पोरेसन पाँच दशमलव २० र एनआइसी एसिया लघुवित्तका लगानीकर्ताले पाँच दशमलव १३ प्रतिशतले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस