पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनलाई कारबाही गर्न माग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनलाई कारबाही गर्न माग


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई कारबाही गर्न माग गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको भन्दै कारबाहीको माग गरेका हुन्।

उनले पुनलाई कारबाही नगरे गणतन्त्रप्रति नै जनतामा निराशा आउने र सरकारको विरुद्धमा जनताहरू सडकमा उत्रिने बताए।

उनले देश भ्रष्टाचारी र तस्करीको नबनाउन आग्रह गरे। उनले भने, ‘हामी देशमा सुशासन, समृद्धि चाहन्छौँ। हामी आम जनता र जनप्रतिनिधिमा छाएको निराशालाई आशामा परिणत गर्न चाहन्छौँ। यो देश तस्करीहरूको देश नबनोस्। यो देश भ्रष्टाचारीहरूको देश नबनोस्। सहकारी ठगी र सुन प्रकरणमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ। त्यसप्रति निराश हुनेछन्। र वर्तमान सरकारको विरुद्धमा जनता सडकमा आउनेछ। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

Tags :
प्रतिक्रिया दिनुहोस