एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा परिजित गर्‍यो । 

राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २-१ को नतिजा निस्किएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा एट्लेटिको मड्रिड ३-२ को जितका साथ अन्तिम आठमा प्रवेश गरेको हो ।

पहिलो लेगमा २-१ गोल अन्तरले इन्टर मिलान विजयी भएको थियो । तर, दोस्रो लेगमा एट्लेटिको मड्रिडले २-१ को नतिजा निकाल्दा समग्रमा २-२ गोलको बराबरी भएपछि पेनाल्टी सुट आउट भएको हो ।

निर्धारित समयको ३३ औं मिनेटमा इन्टर मिलानलाई फेडरिको डिमार्कोले निकोलो बारेलाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, २ मिनेटमै एट्लेटिकोले बराबरी गोल फर्कायो । ३५ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल बराबरी गरे । ८७ औं मिनेटमा मेफिस डिपेले जर्ज मोरोडियोको पासमा गोल गरेपछि एट्लेटिको मड्रिडले २-१ को अग्रता बनायो । त्यसपछि दुवै टीमबाट गोल भएन । 

अतिरिक्त ३० मिनेट थप गरिएको थियो । त्यसमा पनि गोल ननिस्किएपछि खेल पेनाल्टी सूटआउटमा पुगेको थियो । जसमा एट्लेटिकोले ३-२ ले बाजी मार्न सफल भयो । एट्लेटिकोका लागि मेफिस डिपे, रोड्रिगो र एन्जल कोरेराले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

उता, इन्टरका लागि हकन चालहानोउ र फ्रान्सेस्को एसरबीले मात्र गोल गरेका थिए । ३ खेलाडीको प्रहार मिस भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस