चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी 


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले चैतदेखि विद्यार्थीको शैक्षिक प्रमाण पत्र अनलाइनमार्फत दिने भएको छ ।

चैतदेखि विद्यार्थीको शैक्षिक प्रमाण पत्र अनलाइनबाट दिने गरी तयारी भइरहेको त्रिबिले जनाएको हो । 

यसअघि परीक्षा नियन्त्रण कार्यालयले १५ माघबाटै अनलाइनमार्फत सेवा दिन सुरु गरेको घोषणा गरेको थियो । तर त्यसै दिन वेबसाइट ह्याक भएपछि सेवा अवरुद्ध भएको थियो । वेबसाइट सञ्चालन भएपछि कार्यालयले अनलाइनमार्फत आवेदन संकलन मात्र गर्दै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस