धितोपत्र बोर्ड अध्यक्षका लागि १९ जनाको आवेदन दर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धितोपत्र बोर्ड अध्यक्षका लागि १९ जनाको आवेदन दर्ता


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयले योग्यता पुगेका, इच्छुक नागरिकबाट आज (बुधबार)सम्म आवेदन माग गरेको थियो ।

मन्त्रालय स्रोतका अनुसार १९ जनाको आवेदन दर्ता गरिएको छ । उनीहरूको आवेदन फाइल खोल्ने काम भइरहेको छ ।

यसअघि गठित सिफारिस समितिले आवेदन दिएकाहरुमध्येबाटै अब कम्तीमा ३ जनाको नाम छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिसमध्येबाटै एक जनालाई मन्त्रिपरिषद्ले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस