प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने जसपाको निर्णय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने जसपाको निर्णय


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ ।  जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलबार सिंहदरवारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले बताए ।

काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता साझेदारी गरेका प्रचण्डले ३० फागुनमा विश्वासको मत लिँदैछन् ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव आफैँ सरकारमा गएका छन् भने नवलकिशोर साह मन्त्री छन् ।

जसपा बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको यादवले बताए ।

नयाँ गबठन्धनबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस