काठमाडौँ। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ राईले एक विद्यालयलाई पत्र लेख्दै शनिबार श्रमदान गर्न भनेका छन् । धरान १५ को शिक्षा सदन माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई श्रमदानमा सहभागी गराउन मेयर राईले पत्र पठाएका हुन् ।
श्रमदानमा अध्ययन, अवलोकन र सहभागिता मार्फत विद्यार्थीहरूलाई पनि श्रम संस्कृति र श्रमदानको बारेमा प्रत्यक्ष अनुभूति गराउन ३ चैत शनिबारको दिन विद्यार्थी र शिक्षकहरूलाई समेत श्रमदान पठाउन आग्रह गर्दै उनले पत्र लेखका छन् ।
मेयर साम्पाङले लेखेको पत्र अनुसार बिहान ८ बजेदेखि विद्यार्थीहरूलाई श्रमदानमा सहभागी गराउनुपर्ने छ । मेयर राईले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार धरान उपमहानगरपालिकामा श्रमदान शिक्षा प्रणाली सुरु गरिएको हो ।
