ओलीले भने-सरकार परिवर्तन हुने बित्तिकै मिटरब्याज पीडितको सुनुवाइ भयो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ओलीले भने-सरकार परिवर्तन हुने बित्तिकै मिटरब्याज पीडितको सुनुवाइ भयो


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तन हुने बित्तिकै मिटरब्याज पीडितहरूको सुनुवाइ भएको बताएका छन्।

संसदीय दलको मंगलबार बसेको बैठकमा उनले मिटरब्याज पीडितको समस्या समाधान भएको बताएका हुन्।

‘आरती साहको परिवारको पीडा सुन्दैन सरकार। बरु उनलाई दुर्व्यवहार गर्छ, यस्तो स्थितिमा देश पुगेको थियो। देशलाई सरकार परिवर्तन हुने बित्तिकै कति हप्ताको यात्रा पूरा गरेर मेची र महाकालीबाट काठमाडौं आएका मिटरब्याज पीडितहरूको द्वन्द्व सरकारले सुनिरहेको थिएन। सरकार परिवर्तन हुने बित्तिकै त्यो समस्या समाधान भयो। चार बुँदे सहमति भयो। उहाँहरू घर फर्किनुभयो,’ उनले भने।

उनले सरकारले गाडीको बन्दोबस्त गरेर घर पठायो होला भन्ने विश्वास व्यक्त गरेका थिए। उनले सरकार गतिहीन ढंगले चलेको, आर्थिक वृद्धिदर हासिल गर्न नसकेकाले परिवर्तन गर्नुपरेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस