सुर्ती-गुट्खाको उत्पादन र आयातको विवरण उपलब्ध गराउन निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुर्ती-गुट्खाको उत्पादन र आयातको विवरण उपलब्ध गराउन निर्देशन


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । संसदीय समितिले सुर्ती-गुट्खाको उत्पादन र आयातको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सो निर्देशन दिएको हो ।

बैठकले नेपालमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन भनेको हो। नेपालमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो।

समितिको निर्णय सुनाउँदै समिति सभापति अब्दुल खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय विवरण विभागलाई सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस