भन्सार महसुल एवं अन्तःशुल्कबारे अध्ययन गर्न उपसमिति गठन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भन्सार महसुल एवं अन्तःशुल्कबारे अध्ययन गर्न उपसमिति गठन


२९ फाल्गुन २०८०, मंगलबार


उद्योग-तथा-वाणिज्य-र-श्रम-तथा-उपभोक्ता-हित-समिति_yddyog-tatahabanijya-&shrm-hit-samiti.

काठमाडौँ । संसदीय समितिले स्पञ्ज आइरन र बिलेट्सको भन्सार महसुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ।

मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ७ सदस्यीय उपसमिति गठन गरेको हो।

उपसमितिको सदस्यहरूमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मीबहादुर कोइरी, सूर्यमान तामाङ रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस